२ जेष्ठ २०८२, शुक्रबार

 

सिभिल बैंकले शुरु ग-यो किसान समृद्धि कार्ड

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुबिधा संचलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप कृषकहरुको समृद्घिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । बैंकका अनुसार ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई धितोको रुपमा राखेर पाँच लाखसम्मको ऋण सुविधा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung