७ जेष्ठ २०८१, सोमबार

 

५ हजार भारुमा फाइभ जी स्मार्टफोर्न ल्याउँदै अम्बानी

भारतका सर्वाधिक धनाढ्य मुकेश अम्बानीको स्वामित्व रहेको टेलिकम कम्पनी रिलायन्स जीओ प्लेटफर्म लिमिटेडले सस्तो मूल्यमा पाँचौं जेनेरेसन ( फाइभ जी ) स्मार्टफोन ल्याउने तयारी थालेको छ ।

सुरुवाती चरणमा यसको मूल्य ५ हजार भारु तय गरिएको छ । बिस्तारै मूल्य घटाएर २ हजार ५०० देखि ३ हजार भारुमा झार्ने जीओ टेलिकमले जनाएको छ ।

कम्पनीले भारतमा दोस्रो पुस्ता ९टुजी० मोबाइल सेवा प्रयोग गरिरहेका ३५ करोड ग्राहकलाई लक्षित गरी फाइभजी स्मार्ट फोन सञ्चालनमा ल्याउन लागेको हो ।

भारतमा अहिले फाइभजी स्मार्ट फोनको सुरुवाती मूल्य २७ हजार भारु छ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको ४३औं वार्षिक साधारणसभामा अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेशले भारतलाई टुजी प्रविधिमुक्त बनाउने योजना सार्वजनिक गरेका थिए ।

उनले टुजी स्मार्टफोन प्रयोग गरिरहेका ३५ करोड भारतीयलाई सस्तो दरमा उपलब्ध गराएर उनीहरूलाई फाइजी स्मार्टफोनको युगमा प्रवेश गराउने जानकारी दिएका थिए । मुकेशले जीओको ७।७ प्रतिशत स्वामित्व अमेरिकाको सर्च इन्जिन गुगल इंकलाई ३३ हजार ७ सय ३७ करोड भारुमा बिक्री गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्