७ जेष्ठ २०८१, सोमबार

 

हट तस्बिरले दिशा फेरि चर्चामा

बलिउड नायिका दिशा पटानी बिदा मनाउन माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि बिदा मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशासँगै उनका प्रेमी टाइगर स्राफ पनि छन् ।

माल्दिभ्स पुगेकी दिशाले सामाजिक सञ्जालमा केही हट तस्बिर सेयर गरेकी छिन् जसले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । दिशाले विकिनीमा केही तस्बिर पोस्ट गरेपछि उनको चर्चा र आलोचना दुवै भइरहेको छ ।

दिशा चलचित्र ‘राधे’को छायांकन सकेपछि बिदा मनाउन माल्दिभ्स पुगेकी हुन् । उनी अब चलचित्र ‘एक भिलेन २’ मा काम गर्ने तयारीमा छिन् । बलिउडमा दिशाको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्