६ जेष्ठ २०८१, आईतवार

 

कोरोनाका कारण रोजगारी गुम्यो ? जोडिनुस् रोजगारी सञ्जालमा

नोबोल कोरोना भाइरसका कारण धेरैले राजगारी गुमाउनु परेको छ । कतिकोले व्यवसाय नै बन्द गराएका छन् । जसले गर्दा यो समयमा रोजगारी गुमाउनेको संख्या धेरै छ । विस्तारै बजार चलमलाउन थालेसँगै यसको असर बजारमा समेत देखिन थालेको छ ।

रोजगारी गुमाउनेहरु कामको खोजीमा भौँतारिरहेका छन् भने रोजगारदाता कम्पनीहरु आफ्ना लागि आवश्यक कर्मचरी माग गरिरहेका छन् ।

यस्तै रोजगारी गुमाउनेहरु र रोजगारदातालाई आपसमा जोड्ने उद्देश्यका साथ रोजगारी सञ्जालले काम गरिरहेको छ ।

ग्रेफियस टेक्नोलोजी प्रालि ले २०७६ साउन १० गते रोजगारी सञ्जालको पहिलो र २०७६ साउन २० गते दोस्रो भर्सन सार्वजनिक गरेको थियो ।

जसमार्फत कुनै पनि संघ संस्था, उद्योग, व्यवसायिक संगठन लगायतले आवश्यक कर्मचारी निःशुल्क रुपमा खोज्न सक्नेछन् ।

त्यस्तै जागिरको खोजीमा रहेकाले पनि कम्पनीको वेबसाइटमा गएर व्यक्तिगत अकाउण्ट खोली आफ्नो प्रोफाइल खोलेर उपयुक्त रोजगारी छनौट गर्न सक्छन् ।

वेबसाइटबाटै आफ्नो बायोडेटा पब्लिस गर्न, रोजगारीका लागि आवेदन दिन र चाहेको कम्पनीलाई फलो गरी भ्याकेन्सीको बारेमा अपडेट प्राप्त गर्न समेत यो उपयोगी छ ।

त्यतिमात्रै नभएर कम्पनीहरुको हकमा अकाउण्ट खोलेर निःशूल्क रुपमा बिज्ञापन राख्न पाउने सुविधा पनि कम्पनीले दिएको छ ।

साथै कम्पनीहरुले जागिरको खोजीमा रहेका व्यक्तिको विवरण हेरी कर्मचारीको समूह बनाइ भबिस्यका लागि सट लिस्ट तथा सोझै सम्पर्क गर्नसमेत सक्ने व्यवस्था रहेको रोजगारी सञ्जालक देवेन्द्र नेपाल बताउँछन् ।

कम्पनीका अनुसार हालसम्म यो एक वर्षको अवधिमा रोजगारी सञ्जाल मार्फत ५०० भन्दा बढी कम्पनिले कर्मचारी पाइसकेका छन् भने २५०० भन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् ।

यहाँ क्लिक गर्नुहाेस् 

प्रतिक्रिया दिनुहोस्