सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ। पौष १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिन बसि जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ।
यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टिन बसि परीक्षण गरेर मात्र घर गन्तब्य जान पनि सरकारले अनुरोध गरेको छ।
बेलायतमा नयाँ प्रकारको कोरोना देखिन थालेपछि विश्वका धेरै देशले बेलायतका उडानमा प्रतिबन्ध लगाएको छ । यसबीचमा नेपालले पनि बेलायतसँगको उडान प्रतिबन्ध गरेको हो ।
बेलायतमा देखा परेको नयाँ प्रकारको भाइरस पहिलेको भन्दा ७५ प्रतिशत संक्रामक भएको बताइएको छ।
















































































































































































