६ जेष्ठ २०८१, आईतवार

 

नेपालसहित यी देशका नागरिकलाई जापान प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण देखिएपछि जापान सरकारले नेपाली तथा विदेशी नागरिकहरुलाई जापान प्रवेशमा रोक लगाउने भएको छ ।

जापानको विदेश मन्त्रालयले सोमबार डिसेम्बर २८ देखि जनवरीको अन्तिमसम्म सो नियम लागू हुने जनाएको छ । यस नियम अनुसार नयाँ भिषा पाएका व्यक्तिहरुले जापान प्रवेश गर्न नपाउँने भएका हुन् ।

जापानका सञ्चार माध्यमअनुसार जनवरीको अन्त्यदेखि जापान प्रवेश गर्ने जापानी तथा विदेशी नागरिकले १४ दिनसम्म क्वारेन्टाईनमा रहनुपर्ने छ । यस बाहेक ७२ घण्टाभित्रको नमुना परीक्षणमा कोरोना पुष्टि नभएको प्रमाणपत्र ल्याएमा मात्र प्रवेश पाउने बताइएको छ ।

थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवान लगायत १० देशका नागरिकहरुमाथि भने प्रतिबन्ध लगाइने छैन । यद्यपी नेपालीहरुका लागि भने जापान प्रवेशमा रोक लगाइएको छ ।

टोकियोमा शनिबार बेलायतबाट फर्केका दुई व्यक्तिहरुमा नयाँ प्रकारको कोरोना भेटिएपछि जापान सरकारले सो कदम चालेको हो ।

प्रतिक्रिया दिनुहोस्