
संखुवासभाको चैनपुर–४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । आइतबार दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको हो ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायका अनुसार क्षतिको विवरण आएको छैन ।
जिल्ला ईन्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो ।
चन्द समूह कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फोटक सामग्री बरामद गरेको छ । प्रजिअ आचार्यका अनुसार भिडन्तपछि उनीहरु जंगलतिर भागेका छन् ।
उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।