२ जेष्ठ २०८२, शुक्रबार

 

विप्लव खुमलटार पुगे

नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लव र पूर्व सभामुख कृष्ण बहादुर महराबीच भेटवार्ता भएको छ । वर्तमान सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव आज महरा निवास खुमलटार पुगेर भेटघाट गरेका हुन् ।

तत्कालीन माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आउँदा नेतृत्वदायी भूमिका खेलेका पूर्व सभामुख महरालाई राजनीतिक तथा शैक्षिक गुरुको रुपमा सम्मान गर्ने विप्लवले महरासँग भेटेर वर्तमान राजनीति अवस्था र आफ्नो पार्टीको पछिल्लो रणनीतिका बारेमा छलफल गरेको महरा निकट स्रोतले जनाएको छ ।

उक्त स्रोतले भन्यो, ‘उहाँहरु २ बीच पार्टी एकीकरणसम्मका विषयमा छलफल भएको छ ।’ महरा भेट्नु र प्रचण्ड भेट्नु भनेको एकै भएका पश्चिमका एक युवा नेताले बताए । महराले विप्लवलाई सहकार्य गरेर अघि बढ्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung