३० बैशाख २०८२, मंगलवार

 

भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्दैछ ।

सम्भावित कार्यसूचीमा सरकारले विभिन्न अध्यादेश पेश गर्ने र प्रतिनिधिसभाका वर्तमान र पूर्व सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

यसअघि आइतबारको बैठकमा सभामुखले संबैधानिक परिषदसम्बन्धि अध्यादेश पेश गर्न अनुमति दिएपछि काँग्रेसले नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung