२९ बैशाख २०८२, सोमबार

 

नेपाल–खनाल पक्षले राष्ट्रिय भेला नरोक्ने

- ओलीले आयोजना गरेको चियापान बहिष्कार

नेकपा एमालेको माधव–झलनाथ पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको छलफलपछि केन्द्रीय सदस्य र सांसदहरूलाई जानकारी दिन नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा भेला नरोक्ने निर्णय गरेको हो ।

यो समूहले सहमतिका लागि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग वार्ता जारी राख्ने भएको छ।

‘आज बिहान अध्यक्ष एवम् प्रधानमन्त्रीसँग भएको छलफलका बारेमा ब्रिफिङ भएको हो,’ सहभागी नेता रघुजी पन्तले भने, ‘चैत ४ र ५ गते बोलाएको भेला अहिले नरोक्ने निर्णय भएको छ ।’

उनका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षसँग वार्ता पनि गर्दै जाने निष्कर्ष निकालिएको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् रुपमै फर्किएका छन् ।

यही बीचमा अध्यक्ष ओलीले फागुन २८ गते विशेष बैठक भन्दै निर्वाचित पदाधिकारी खारेज गरी २३ जना केन्द्रीय सदस्य थप गरेपछि एमालेभित्र विवाद चुलिएको छ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव–झलनाथ पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भए पनि ठोस सहमति भने हुन सकेन।

ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung