३ जेष्ठ २०८२, शनिबार

 

आईसीयूमा भएका सांसद शाहीलाई भेट्न मुख्यमन्त्री अस्पताल पुगे

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सांसद खिमविक्रम शाहीलाई भेट्न अस्पताल पुगेका छन् । गुरुङ चरक मेमोरियल हस्पिटलको आईसीयूमा रहेका शाहीलाई भेट्न अस्पताल पुगेका हुन् । बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल चलिरहेका बेला सम्पर्कविहीन बनेका सांसद शाही चरक अस्पतालको आईसीयूमा रहेका छन् ।

त्यसपपछि आफ्नो सांसद्को अवस्था अज्ञात रहेकाले जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही अघि नबढाउन माग गर्दै सभामुखलाई निवेदन दिएकी थिइन् । त्यसैको कारण देखाउँदै प्रदेश सभा सचिवालयले बुधबारको बैठक स्थगित गरेको थियो ।

तर, सांसद् शाही भने स्वास्थ्यमा अचानक समस्या देखिएको कारण देखाएर अस्पताल भर्ना भएका थिए ।

उनै सांसद शाहीलाई भेट्न मुख्यमन्त्री गुरुङ अस्पताल पुगेका हुन् । तर, अस्पताल प्रशासनले स्वास्थ्य जोखिम देखाउँदै भेट्न दिएको छैन । निर्देशक कपिल पोखरेलकाअनुसार जोखिम बढ्ने भएकाले भेट्न नदिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung