६ जेष्ठ २०८१, आईतवार

 

अमेरिकाकाे बाल्टिमोरमा अन्धाधुन्ध गोली : एक नेपालीसहित ४ जनाको मृत्यु

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी एक नेपाली सहित ४ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारी नगरपालिका– ६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो ।

उक्त गोलीकाण्डमा ज्यान गुमाउनेमा घिमिरे सहित दुई स्पेनी नागरिक छन् । एकको प्रहरीले पहिचान खुलाएको छैन।

अध्ययनको सिलसिलमा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । केही समय बाल्टीमोरमा नै काम गरेर नेपाल फर्किने तयारीमा रहेका उनको गोली काण्डमा परी ज्यान गएको हो ।

उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्धी समेत हुन् । उनी छात्रवृतिमा अध्ययनको लागि अमेरिका आएका थिए ।

प्रतिक्रिया दिनुहोस्