४ जेष्ठ २०८२, आईतवार

 

बहुमतको सरकार बनाउने समय सकियो, नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाउने तयारी

बहुमतको सरकार बनाउने समय सकिएपछि ठूलो दलको नेताका आधारमा केपी शर्मा ओली नै प्रधानमन्त्री हुने पक्का भएको छ । तर, उनको सपथ भने आजै हुने सम्भावना कम छ ।

उनको पुर्ननियुक्तिसँगै मन्त्रीमण्डल समेत पुर्नगठन गर्नुपर्ने हुन्छ । त्यसका लागि गृहकार्य पुगेको छैन । स्रोतका अनुसार माधव नेपाल पक्षका नेताहरुलाई समेत मन्त्री बनाउने तयारी भइरेहको छ ।

त्यस्तै राजपाका महन्थ ठाकुर पक्षका केही नेतालाई पनि मन्त्री बनाउने उनको तयारी छ । त्यसबारे छलफल गर्न ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ बालुवाटार पुगेका थिए ।

यसरी नियुक्त भएपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माधव नेपाल पक्ष र महन्थ ठाकुर पक्षको मतबाट उनलाई बहुमत पुग्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung