८ जेष्ठ २०८१, मंगलवार

 

मेक्सिकोकी मेजा नयाँ मिस युनिभर्स

मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस युनिभर्स २०२०’ को ताज जितेकी छिन् । पूर्व मिस युनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् ।

अमेरिकाको फ्लोरिडामा आयोजित प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन् । ‘तपाईं

देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ रु’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै उनले उपाधि जितेकी हुन् । ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् ।

यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।

प्रतिक्रिया दिनुहोस्