६ जेष्ठ २०८१, आईतवार

 

संस्थागत सुधारको योजनासहित एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा न्यूरेले उम्मेदवारी दिने

जापान-स्मार्ट एनआरएनए सस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेद्बारी भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको
अभियानमा एक दशक लामो सक्रिय भूमिका निर्वाह गरिसकेका नविन न्यूरेले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।
वर्तमान कार्यसमितिमा युवा उपाध्यक्ष रहेका न्यूरेले संघलाइ प्रविधि मैत्री बनाएर कार्य गर्न गराउन, प्रवासमा नेपालीहरुको अभिभावकिय

भूमिकामा रहेको ब्यवहारिक रुपमानै अनुभुत गराउन तथा युवा पुस्तालाई एनआरएनए जापानका गतिबिधिमा चासो राखी सकारात्मक सहयोग पुर्‍याउन अभिप्रेरित गर्नका लागि आफू नेतृत्वदायी भूमिकामा रहनुपर्ने महशुस गरि सो पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

२०११-२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३-२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५-२०१७ मा कान्तो कै सचिव, २०१७-२०१९ कान्तो कै संयोजक रहेर एनआरएनएको गतिविधिबाट अनुभव हासिल गरेका न्यूरे जापानमा अध्ययनका लागि आएका

विद्यार्थीहरुलाई अध्ययनका क्रममा काममा सहयोग, अध्ययन पश्चात् काम खोज्नका लागि सहयोग, उच्च अध्ययनका लागि शिक्षालय छनौटमा परामर्श तथा सहयोग पुर्याउदै आइरहेका छन ।

चुनावी मैदानमा आफ़नो प्रतिस्पर्धीहरुका बिचमा बलियो देखिएका न्यूरेले एनआरएनए जापानको बृहत्तर सुधारका लागि निर्वाचन संस्थामा दोस्रो पुस्ता, महिला र युवाको संलग्नता, विद्यार्थी केन्द्रित कार्यक्रम, अग्रजको सम्मान, पेशागत एवं व्यावसायिक विकासमा समन्वय, नेपाली

संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापानमा सुधार गर्न सक्ने सम्भावित कार्यक्रमको बारेमा स्पष्ट योजना सहित आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको दाबी गर्छन ।

संस्थालाई नेपालको राजनैतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरि जापान जस्तो देशमा सभ्य र सुसंस्कृत एवं एकताबद्ध नेपाली समाजको निर्माणका लागि भूमिका खेल्नु हामी सवैको दायित्व हो न्यूरेले भने

“जापानमा सिकेको ज्ञान र सिप स्वदेशमा उपयोग गर्न सकारत्मक सन्देश दिनेगरी स्वदेशमा लगानी बढाउन अभिप्रेरित गर्नका लागि पनि म एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा आउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्