२४ बैशाख २०८१, सोमबार

 

नेपालसहितका ६ देशलाई कतार प्रवेश गर्न नयाँ नियम

कतारको जनस्वास्थ्य मन्त्रालयले विदेशबाट कतारमा काम गर्न आउने कामदार फिर्ता आउने नियम सोमबार सार्वजनिक गरेको छ । नेपाल, बंगलादेश, भारत पाकिस्तान, फिलिपिन्स तथा श्रीलंकाबाट प्रवेश गर्ने यात्रुको हकमा दुईबुँदे नीति बनाइएको छ ।

यो नयाँ नीतिअनुसार कतारमा खोप लगाएका वा कतारमा कोभिड–१९ को रोग लागेर निको भएका कामदार वा यात्रुहरू पुनः कतार फर्कने हो भने होटलको क्वारेन्टिनमा केवल दुई दिनमात्र बस्दा हुने व्यवस्था गरेको छ ।

होटलमा बसेर कोभिड–१९ को परीक्षण गराएर नेगेटिभ आएको खण्डमा आफ्नो गन्तव्य जानसक्ने नियम बनेको छ । तर, माथि भनिएका बाहेकका अन्य सबै आगन्तुकले होटलमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम रहेको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले सोमवार जारी गरेको नियमअनुसार कतार पुग्नुभन्दा बढीमा ७२ घण्टा अघि परीक्षण गरिएको पीसीआर रिपोर्ट नेगेटिभ हुनु अनिवार्य छ ।

त्यस्तै उक्त देश भ्रमण गर्नका लागि चाहिने कागजात पनि डिस्कभर कतारको वेबसाइटमा गएर अनलाइन भरेर जरुरी कागजात डाउनलोड गर्नुपर्नेछ । दुवै डोज भ्याक्सिन लगाएको र सो को कार्ड प्रमाण भएको व्यक्तिलाई क्वारेन्टिन नचाहिने तर पीसीआर टेस्ट भने गर्नुपर्ने नियम पनि लागू भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्