२१ बैशाख २०८१, शुक्रबार

 

आविष्कार केन्द्रलाई श्रेष्ठ दम्पतीले दिए गाडी

सूचना प्रविधि अभियन्ता महावीर पुनले २८ रोपनी जग्गादानको घोषणा गरेको केही दिनमै राष्ट्रिय आविष्कार केन्द्रलाई एक दम्पतीले गाडी उपलब्ध गराएको छ ।

ललितपुर, हरिसिद्धि बस्दै आएका डा सरिता श्रेष्ठ र इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठले गाडी दान गरेका हुन् ।श्रेष्ठ दम्पतीले आफूलाई निवासमै बोलाएर बा६च ७५६८ नम्बरको गाडी दान गरेको केन्द्रका सञ्चालक पुनले फेसबुकमा उल्लेख गरेका छन् ।

‘साथै सो गाडीको ब्लुबुक, नवीकरण र इन्स्युरेन्स गरेको कागजपत्र पनि हस्तान्तरण गर्नुभयो,’ उनले लेखेका छन्, ‘अब छिट्टै उक्त गाडी उहाँहरूले राष्ट्रिय आविष्कार केन्द्रको नाममा नामसारी गरिदिनुहुनेछ ।’

पुनका अनुसार उक्त टाटा टीएल क्यु्र क्याबा गाडी आविष्कार केन्द्रका सामान ओसार्न र कामविशेषले बाहिरी जिल्ला जानुपर्दा प्रयोग गरिनेछ ।

‘उक्त गाडीले राष्ट्रिय आविष्कार केन्द्रको हाल भइरहेको ढुवानी खर्चको धेरै पैसा बचाउन मद्दत पनि गर्नेछ,’ पुनले लेखेका छन्, ‘गाडी दानका लागि डा सरिता श्रेष्ठ र इन्जिनियर मेघेन्द्र श्रेष्ठलाई धेरै धन्यवाद छ ।’

प्रतिक्रिया दिनुहोस्