२४ बैशाख २०८१, सोमबार

 

काबुलमा रहेका नेपाली भन्छन् – ‘नेपाल फर्किनका लागि जहाजको पर्खाइमा छौं’

तालिवान लडाकु काबुल छिरेसँगै काबुलस्थित क्यानाडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ ।

हार्ट इन्टरनेसनल कम्पनीका तर्फबाट १११ जना नेपाली क्यानाडा दूतावासको सुरक्षामा खटिँदै आएका थिए । अफगानिस्तानमा तालिवानको चौतर्फी कब्जापछि क्यानाडाले आफ्नो विशेष सुरक्षा दस्ता नै पठाएर दूतावास खाली गराएको थियो । त्यसको दुई दिनपछि नेपाली कामदारहरूलाई सो स्थानबाट सारिएको हो ।

क्यानाडा दूतावासमा काम गर्दै आएका हर्क बस्नेतले आफूहरूलाई आज कम्पनीले एयरपोर्टनजिकैको होटलमा ल्याएर राखेको जानकारी दिए ।

‘हामी यहाँ एक सय ११ जना नेपाली सबै अहिलेसम्म सुरक्षित छौं,’ उनले भने, ‘नेपाल फर्किनका लागि जहाजको पर्खाइमा छौं ।’ आफूहरूलाई अफगानिस्तानबाट आर्मीको जहाजमार्फत नेपाल वा भारतमा फर्काउने तयारी गरिएको सुनेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्