ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटनाबाट मृत्यु भएका तिन जना बीमितको परिवारलाइ ११ लाख ७७ हजार ४ सय ४३ रुपैया हस्तान्तरण गरेको छ ।
कम्पनीले कुश्मा नगरपालिका ३, दुर्लुङमा जेठ १७ गते राती गएको पहिरोमा परि मृत्यु भएका स्थानीय राम प्रसाद शर्मा –माधब) का एक छोरा एक छोरी र श्रीमतिको नाममा ज्योती लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका थिए ।
सो बीमा बापतको रकम पीडित राम प्रसाद शर्मा (माधब) लाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै ज्योति लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रमुख सञ्जय शर्माले ज्योति लाइफ इन्स्योरेन्स मा बच्चा को बीमा गर्दा पनि अभिभावकको घातक रोग सहित दुर्घटना बीमा जोडिएकोले सबैले बीमा कम्पनी रोज्दा ज्योति लाइफ नै रोज्नको लागि अनुरोध गरे ।
त्यस्तै ज्योति लाइफ इन्स्योरेन्स कुश्मा उपशाखा प्रमुख राजन केसीले नेपालमै सर्वाधिक घातक रोगको उपचार दिने एक मात्र कम्पनी ज्योति लाइफ भएको बताए ।
कम्पनिका धौलागिरी एरिया प्रमुख मेघराज खड्काको अध्यक्षता , कुश्मा नगरपालिका ३ वडा अध्यक्ष तेज प्रसाद पाध्या को आथित्यता एजेन्सी म्यानेजर नारायण प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।













































































































































































































