२३ बैशाख २०८१, आईतवार

 

एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी गौतम कांग्रेस प्रवेश

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।

सोमवार दुर्गाफाँटमा आयोजित एक कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष गौतम सहित दुईसय जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस पाणिनी गाउँपालिका सभापति तुल्सिराम पौडेलले बताए।

पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सोमवार बिहान हेलिकप्टरबाट अर्घाखाँची गएका थिए । त्यस्तै, कार्यक्रममा कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायतको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्