२५ बैशाख २०८१, मंगलवार

 

प्रभु बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न


प्रभु बैंक लिको २० ‍औं‌ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा,नोक्सान हिसाब

र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गर्नुको साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आर्थिक वर्ष २०७७ र ७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनु भयो ।

साधारण सभाले बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सोहि आर्थिक वर्षमा कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०६३ प्रतिशत नगद लाभांश वितरण गर्ने,अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग एकीकरण गर्ने, एक्विजिशन तथा खरिद

सम्बन्धी प्रक्रिया बढाउने, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ती गर्ने निर्णय गरेको छ ।

साथै सभाले समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय गरेको छ ।कार्यक्रम बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्