५ जेष्ठ २०८१, शनिबार

 

नेकपा एमाले बागलुङको निर्वाचनमा ६०४ मत खस्यो

नेकपा एमाले बागलुङको ९ औं जिल्ला अधिवेशनमा भएको निर्वाचनमा ६०४ मत खसेको छ । ६३६ प्रतिनिधि मतदातामा ६०४ मत खसेको हो ।
निर्वाचन अधिकृत राम शर्माका अनुसार मतगणना राति नै गणना गरिने छ । एमालेको जिल्ला अध्यक्ष, उपसचिव र सदस्य गरी ३० पदमा मात्रै निर्वाचन भएको हो ।

एमाले जिल्ला अध्यक्षमा तीनजनाको प्रतिस्प्रर्धा रहेको छ । अध्यक्षका लागि एमाले बागलुङका कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश सचिवालय सदस्य हिरा केसी र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको प्रतिस्पर्धा रहेको छ ।

यस्तै दुई उपसचिव पदमा छ जनाको प्रतिस्पर्धा रहेको छ । दुई उप–सचिव पदका लागि भने छ जनाको प्रतिस्पर्धा भएको छ । उपसचिवमा एमालेका नेता राम बहादुर जिसी, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, ८ का अध्यक्ष चित्र कला छन्त्याल, बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश बहादुर थापा मगर र गलकोट नगरपालिका ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीष बीच दुईपदमा प्रतिस्पर्धा भएको छ । उपसचिवका उम्मेदवार गणेश कुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्