२५ बैशाख २०८१, मंगलवार

 

६ महिनामा १ खर्ब २२ अर्ब रुपैयाँ जम्मा गरेर बैंकहरुले दिए ४ खर्ब २२ अर्ब ऋण

उल्लेख्य रुपमा निक्षेप बढ्न नसके पनि बैंकहरुको कर्जा ९ऋण० प्रवाह भने गत वर्षको समीक्षा अवधिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा ३ खर्ब ६६ अर्ब कर्जा विस्तार गरेका वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब २२ अर्ब १७ करोड रुपैयाँ विस्तार गरेका छन् ।

असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म बढेर ४१ खर्ब ४२ अर्ब ९२ करोड पुगेको छ ।

निक्षेप भने उल्लेख्य बढ्न सकेको छैन । स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थाले जम्मा गर्न पाउने व्यवस्था गरिँदा समेत साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा जम्मा १ खर्ब २२ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ ।

असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा पुस मसान्तसम्म आउँदा ४३ खर्ब २४ अर्ब ३४ करोड पुगेको छ ।

निक्षेप अभावका बाबजुद बैंकहरु बिजनेस बढाउनमा जोड गरेको देखिन्छ । बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह हो । ६ महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २८ अर्ब ७० करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

 

बैंक ६ महिनामा बढेको कर्जा पुस मसान्तसम्म कुल कर्जा
कृषि विकास २३ अर्ब ७२ करोड १ खर्ब ७५ अर्ब २६ करोड
बीओके ९ अर्ब ३१ करोड १ खर्ब ८ अर्ब २१ करोड
सेन्चुरी ६ अर्ब ७८ करोड ८८ अर्ब १७ करोड
सिटिजन्स ८ अर्ब ७७ करोड १ खर्ब ३२ अर्ब ४१ करोड
सिभिल ४ अर्ब ५३ करोड ८७ अर्ब ५७ करोड
एभरेष्ट १७ अर्ब ४३ करोड १ खर्ब ५२ अर्ब ३८ करोड
ग्लोबल आईएमई २८ अर्ब ७० करोड २ खर्ब ७१ अर्ब २० करोड
हिमालयन २६ अर्ब २८ करोड १ खर्ब ५९ अर्ब १४ करोड
कुमारी १७ अर्ब ९७ करोड १ खर्ब ६१ अर्ब ७४ करोड
लक्ष्मी १९ अर्ब ७४ करोड १ खर्ब २८ अर्ब ३९ करोड
माछापुच्छ्रे १७ अर्ब ३० करोड १ खर्ब ३३ अर्ब ५७ करोड
मेगा ५ अर्ब ८६ करोड १ खर्ब ४६ अर्ब ९८ करोड
नबिल १५ अर्ब ६८ करोड २ खर्ब २१ अर्ब ३३ करोड
नेपाल बंगलादेश ६ अर्ब ३३ करोड ७७ अर्ब ५० करोड
नेपाल २७ अर्ब ९६ करोड १ खर्ब ७२ अर्ब ९१ करोड
एनसीसी १९ अर्ब १ खर्ब १८ अर्ब ९१ करोड
इन्भेस्टमेन्ट ११ अर्ब ३२ करोड १ खर्ब ७८ अर्ब ५१ करोड
एनआईसी एसिया ९ अर्ब २ करोड २ खर्ब ७३ अर्ब ८६ करोड
एनएमबी २१ अर्ब १९ करोड १ खर्ब ७९ अर्ब २३ करोड
एसबीआई ११ अर्ब ७६ करोड १ खर्ब १३ अर्ब ३४ करोड
प्रभु ६ अर्ब १४ करोड १ खर्ब ४८ अर्ब ४० करोड
प्राइम १९ अर्ब ४० करोड १ खर्ब ६२ अर्ब ३८ करोड
राष्ट्रिय वाणिज्य १४ अर्ब १ करोड २ खर्ब १३ अर्ब ७७ करोड
सानिमा १७ अर्ब ८१ करोड १ खर्ब ४० अर्ब ५० करोड
सिद्धार्थ १८ अर्ब ९४ करोड १ खर्ब ८४ अर्ब ६२ करोड
स्टान्डर्ड १५ अर्ब ४४ करोड ८७ अर्ब ४९ करोड
सनराइज २१ अर्ब ७८ करोड १ खर्ब २५ अर्ब १५ करोड
कुल ४ खर्ब २२ अर्ब १७ करोड ४१ खर्ब ४२ अर्ब ९२ करोड

प्रतिक्रिया दिनुहोस्