६ जेष्ठ २०८१, आईतवार

 

प्रिसियस एकेडेमीमा सांस्कृतिक कार्यक्रम र दीक्षान्त समारोह सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका-१ मा रहेको प्रिसियस एकेडेमीले पूर्व प्राथमिक तह सकेर कक्षा एकमा पुगेका विद्यार्थीहरुको दीक्षान्त समारोह, सांस्कृतिक कार्यक्रम र अभिभावक भेला सम्पन्न गरेको छ ।

विद्यालयले नियमित कार्यक्रम अन्तर्गत पूर्व प्राथमिक तह सकेर कक्षा एकमा पुगेका विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।

कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले यस्ता कार्यक्रमले विद्यार्थीलाई हौसला प्रदान गर्नुका साथै अध्ययन गर्न थप प्रेरणा मिल्ने बताउनु भयो ।

कार्यक्रममा एन व्प्याव्सनका केन्द्रिय सदस्य वालकृष्ण शर्मा, एन व्प्याव्सनका बागलुङका अध्यक्ष नेत्र लाल न्यौपाने, नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्री लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन प्रसाद शर्माको अध्यक्षता शिक्षक सरिता रेग्मीको स्वागत र शिक्षक प्रकाश थापाको संचालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । प्रिसियस एकेडेमीमा मेहनती शिक्षकहरुले सृजनशिल र मनोवैज्ञानिक ढंगले पढाउने हुनाले धेरै विद्यार्थी र अभिभावको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्