६ जेष्ठ २०८१, आईतवार

 

वर्षा गराउन रात्माटामा अखण्ड कीर्तन

बागलुङ । वर्षा नभएर बाली सुकेपछि बागलुङ नगरपालिका ३ रात्माटाका स्थानीयले चौबिस घण्टे अखण्ड कीर्तन गरेका छन्।

रात्माटा सरसफाई तथा खानेपानी सस्थाको आयोजना पानीका इष्टदेवता इन्द्र, वरुण र महादेवको वैदिक पूजाआजासहित रात्माटाको गणेश पाञ्चायन मन्दिर परिसरमा पुजा गर्नुका साथै अखण्ड कीर्तन गरेका हुन्।

सोमबार विहान ८ बजेदेखि मंगलबार ८ बजेसम्म लगातार २४ घण्टा संयुक्त भजन कीर्तन आयोजना गरिएको संयोजक माधव शर्माले बताउनु भयो । वर्षाका लागि देवतालाई कामना गर्दै अखण्ड कीर्तन गरिएको जनाएका छन्।

४ वटा समूहले २ घण्टाको पालो लगाएर भजन कीर्तन गरेको स्थानीय बैकुण्ठ सापकोटाले बताउनु भयो ।

गत माघ महिनायता वर्षा नहुँदा बर्खे बाली लगाउन पाएका छैनन्। हिउँदे बाली खडेरीले सुकेको, मकैको बिउ नउम्रिएको र धानको ब्याड राख्न नपाएको कृषकहरुको गुनासो छ।

पानीका मुहान सुकेपछि सिँचाइ र खानेपानीको अभाव भएको अमृता शर्माले बताउनु भयो। खडेरीले खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने समस्या रहेको छ।

खडेरीले खेती बाली लगाउन र हिउँदे बालीको उत्पादन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्