७ जेष्ठ २०८१, सोमबार

 

ताराखोलामा व्याग बनाउने तालिम सम्पन्न

ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सिपमुलक १५ दिने तालिम सम्पन्न भएको छ ।

ताराखोला गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सिपमुलक १५ दिने तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पार्दै आगामि कार्ययोजनाको लागि उद्यमीहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभएको थियो । सहभागिहरुलाई ईन्द्रकलि रोकाले ब्याग बनाउने तालिम दिएकी थिइन् ।

तालिममा ताराखोला गाउँपालिका वडा नम्वर ५ का १० जनाको सहभागिता रहेको थियो ।कार्यक्रम ताराखोला गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राम वहादुर रोकाको अध्यक्षता, प्रशिक्षार्थी पुष्पा रोकाको स्वागत तथा ताराखोला गाउँपालिकाका प्रशासकिय अधिकृत प्रकाश गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्