२६ बैशाख २०८१, बुधबार

 

एनआरएनए जापानको निर्वाचन बदर गर्न हिराचनले गरेको निर्देशनलाई फर्जी पत्रको संज्ञा

गैरआवासीय नेपाली संघका संरक्षक परिषदका संयोजक तथा उच्चस्तरीय समितिका संयोजक शेष घले समूहले जापानमा फर्जी पत्र आतंक मच्चाएको आरोप अर्कों पक्ष लगाएको छ ।गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिका संयोजक शेष घलेको समूहका देवमान हिराचनले मंगलवार एनआरएनए जापानको नाममा नक्कली पत्र जारी गरेको आरोप सो पक्षले लगाएको छ ।

समितिको तर्फबाट पूर्वअध्यक्ष हिराचनद्धारा उच्चस्तरीय समितिको निर्णयको जानकारी भन्दै जारी विज्ञप्तिमा गैरआवासीय नेपाली संघ जापानको जुलाईमा सम्पन्न निर्वाचनमा देखिएको विवाद समाधान गर्न शिवप्रसाद पौडेल र अनिता गुरुङ नेतृत्वको समूह इच्छुक नदेखिएको निष्कर्षसहित वर्तमान कार्यसमिति बिघटन गरि संस्थापक अध्यक्ष राजन प्राधानाङ्गको संयोजकत्वमा तदर्थ समिति गठन भएको गरिएको छ ।

८ बुँदे निर्णयको दावी गरिएको सो पत्रमा अध्यक्ष शिव प्रसाद पौडेल र अनिता गुरुङ समूहलाई संस्था निजी तथा जिन्सी सम्पति हस्तान्तरण गर्न भनिएको छ ।

पत्रअनुसार उच्चस्तरीय समितिले एनआरएनए जापानको तर्फबाट छुट्टै महाधिवेशन प्रतिनिधि पठाउने तयारी गरिएको छ । पत्रमा हिराचनको एकल हस्ताक्षर रहेको छ ।गैरआवासीय नेपाली संघको ८१ औं वैठकले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

संघको केन्द्रीय समितिको बैठकले एनआरएनए जापानको विवाद मिलाउन पूर्वअध्यक्ष भवन भट्लाई जिम्मा लगाएको थियो ।तरपछि घलेको निर्देशनमा सिइओ राजेश राणाको नामबाट प्रेषित पत्रमा देवमान हिराचन र भवन भट्टलाई विवाद समाधान गर्न र समाधान नभएमा निर्वाचनको मिति तोक्नेसहितको ज़िम्मेवारी प्रदान गरिएको थियो ।

गैरआवासीय नेपाली संघको एक पदाधिकारीका अनुसार संघले हिराचनको पत्रलाई अख्तियारीको दुरुपयोगको रुपमा लिएको छ । स्रोतले भन्यो यस्तै गैरजिम्मेवार काम होला भन्ने सोचिएको थिएन् तर उहाँहरु सिमाभन्दा बाहिर जानु भयो, यसलाई संस्थाले गम्भिर रुपमा लिएको छ, उहाँमाथि कार्यवाही हुन् सक्छ ।

संघको विवाद मिलाउन जिम्मा लिएको घलेले संयोजकत्वको समितिले निर्णय दिन नसके पछि संघका अध्यक्ष कुमार पन्तले आइतवास साँझ मतदाताहरुको नामवली निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्