७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ उद्योग वाणिज्य संघद्वारा प्रहरी उपरीक्षक मगरको विदाइ

बागलुङ – बागलुङ उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरलाई विदाई गरेको छ ।

प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले बागलुङ जिल्लाको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेकाले उद्योगी व्यवसायीले आफनो व्यवसाय सहज ढंगले संचालन गर्न पाएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

बागलुङको शान्ति सुरक्षाको वातावरण निर्माण गर्न उद्यागी व्यवसायी लगाएत सबै सरोकारवालाले सहयोग गरेकोमा आफू खुशी भएको जल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले भने । कार्याक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा,प्रथप उपाध््रयक्ष राजन कुमार शाक्य, कार्य समिति सदस्य अर्जुन चोखाल र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्याक्रमको संचालन बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कँडेलले गरेका थिए ।शालिन र सौम्य स्वभावका प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगर बागलुङमा साढे ११ महिनाको बसाईपछि नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासि गलर्गाहमा सरुवा भएर जान लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्