२१ बैशाख २०८१, शुक्रबार

 

गलकोट स्पोर्ट्स क्लब जापानले पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट स्पोर्ट्स क्लब जापानले आफ़नो आठौ वार्षिकोत्सवको अवसरमा सातौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ ।स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल १८ तारिक सोमबारका दिन टोकियोको ओता कु सोउगो ताइइकुकानको कामतामा गर्न लागेको महासचिव हिमाल कंडेलले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि विगत ७ वर्षदेखि निरन्तर रूपमा संचालन गरिदै आएको यस प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १० हजार येन, प्रमाणपत्र कप र मेडल रहेको र द्वितीय पुरस्कारको रूपमा २ लाख १० हजार येन नगद, प्रमाणपत्र कप र मेडल अनि सान्त्वना पुरस्कार दुई टिमलाई ५५,५५५ येन र प्रमाण पत्रका दरले प्रदान गरिने क्लबका अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।

खुल्ला पुरुष भलिबल प्रतियोगिता रहेकोले नेपालबाट जापानमा आएका तोकिएको नियम पुरा भएका हरेक टिमले अफिसियल सहित १२ जना खेलाडीसहित खेलमा सहभागी हुन पाउने र दर्ता शुल्क चार मान अर्थात् चालिस हजार येन रहेको अध्यक्ष निउरेले बताए ।

नेपालको राष्ट्रिय खेल भलिबललाई परदेशको भूमिमा रहेर पनि प्रवर्द्धन र विकास गर्नु हानरी पनि दायित्व हो भन्ने ठानेर साथै खेलकूदको माध्यमबाट प्रवास तथा स्वदेशमा रहेका खेलाडीहरुलाई जोड्दै समग्र खेल क्षेत्रको विकाश गर्ने उद्देश्य राखी नेपाली नया वर्षको अवसरमा खुल्ला मैत्रीपुर्ण रनिङ सिल्भर कप आयोजना गर्दै आईरहेको सचिव दिनेश थापाले बताए।

यस वर्ष पनि सोहि कार्यक्रमलाई निरन्तरता दिदै जापान सरकारबाट कोरोना रोकथाम तथा न्यूनीकरणका लागि तोकिएका सम्पुर्ण मापदण्ड पुरा गरि सातौ वार्षिकोत्सव सहित प्रतियोगिता संचालन गरिने महासचिव कंडेलले बताए।

खेलाडीको हौसला र खेलकुदमार्फ़त अनुशासनको संस्कृति विकासका लागि वेस्ट प्लेयर, वेस्ट स्पाईकर,वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट कोच सहित ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने र प्रतियोगिताको टाईसिट मार्च १७ तारिक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जानकारी खेलकुद संयोजक गणेश खत्रीले जानकारी दिए ।

कार्यक्रम व्यवस्थित रूपमा संचालन गर्नका लागि अध्यक्ष निउरेको संयोजकत्वमा मूल आयोजक समिति रहने गरि विभिन्न उपसमिति बनाई कार्यविभाजन समेत गरिएको छ। जसमा आर्थिक समिति, प्रचार प्रसार समिति, हल ब्यवस्थापन समिति, खेलाडी व्यवस्थापन, खाना/पानी ब्यवस्थापन, अतिथी ब्यवस्थापन, रेफ्री/एम्पाएर एवं खेल सामग्री संयोजन उपसमिति रहेका छन ।

प्रतियोगिता बिहान ९ बजेदेखि संचालन हुने र स्थान 144-0031 Tokyo to Ota ku Sougo Taiikukan 1-11-1 Higasikamata ota city रहेको छ ।

प्रतिक्रिया दिनुहोस्