२० बैशाख २०८१, बिहीबार

 

नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना हुन्छ : शिक्षा मन्त्री पौडेल

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गर्ने बताएका छन् ।

बागलुङको गलकोटमा शुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणा सम्बन्धी तालिमको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । नेपालका सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट) को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताउदै गण्डकी प्रदेशको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गर्ने बताए ।

मन्त्री पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार गर्न थालिएको बताए । शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षा सम्बन्धी कानून तथा नीतिगत सुधारको कार्य एकै पटक गर्न थालिएको बताए ।

विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिको आयोजनामा आयोजित विज्ञान तथा प्रविधि पत्रकारिता तालिम तथा विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणा सम्बन्धी दुई दिने तालिममा जिल्लाका २५ जना पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन् ।

विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिका कार्यकारी निर्देशक डा सनत कुमार शर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन गलकोट माविका शिक्षक राम बहादुर खत्रिले गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्