२९ बैशाख २०८१, शनिबार

 

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ६ जनाको उम्मेदवारी

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । नगरप्रमुखमा दुई महिला र ४ जना पुरुषको उम्मेदवारी परेको हो ।

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धनबाट बसन्तकुमार श्रेष्ठ ,एमाले राप्रपा गठबन्धनबाट निर्वतमान नगर प्रमुख जनकराज पौडेल ,नेपाली काँग्रेस विपिबाट धना आचार्य,विवेकशिल साझा पार्टीको तर्फबाट सुरज खड्का नेपाल दलित पार्टीका भक्त बहादुर बिक र नेकपा मालेको तर्फबाट मञ्जु क्षेत्रीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् ।

६ जनाले उम्मेदवारी दिए पनि मुख्यत सत्ता गठबन्धन भर्सेस एमाले राप्रपा गठवन्धन विच प्रतिशपर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्