१७ बैशाख २०८१, सोमबार

 

नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गरेको विचार गोष्ठीलाई प्रचण्डले सम्बोधन गर्दै

पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणको लागि अगस्ट ६ तारिकमा आउने भएका छन ।नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको भित्राउन र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई मुख्य वक्ताको रूपमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको मंचका महासचिव बाबुराम पौडेलले जनाए ।

उनका अनुसार अगस्ट ७ तारिक टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५ : ३० बजेदेखि अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रचण्डको नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उदेश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

४ सदस्यीय भ्रमण दलसहित जापानमा आउन लागेका प्रचण्डले जापानका विभिन्न एतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले नयाँ विश्वलाई बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्