१७ बैशाख २०८१, सोमबार

 

विदेशबाट नेपाल आउने यात्रुले सीसीएमसी फाराम भर्न नपर्ने

विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) फाराम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रापूर्व नै सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।

कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुले सीसीएमसीको फाराम अनिवार्य भर्नुपर्ने नियम लागू गरिएको थियो ।

अब भने यात्रुले यो फाराम भर्न पर्दैन । तर नेपाल यात्रा गर्दा कोरोनाको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नुपर्छ । खोप लगाएको प्रमाण नभएमा ७२ घण्टाभित्रको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्