२६ बैशाख २०८१, बुधबार

 

बागलुङको एक निर्माण सेवाद्वारा ५० मजदुरको बिमा

बागलुङ सदरमुकाममा एक निर्माण कम्पनीले मजदुरको दुर्घटना बिमा गर्नुका साथै काम गर्ने मजदुरलाई सुरक्षीत रूपमा काम गर्ने सामाग्री प्रदान गरेको छ । विश्वकर्माको पूजाको अवसरमा लालीगुराँस निर्माण कम्पनी बागलुङले आफ्नो कम्पनीमा काम गर्ने ५१ जना मजदुरको बिमा गर्नुका साथै काम गर्दा लगाउने सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्रको शक्ति हो भन्ने नाराका साथ आयोजित कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले लालीगुराँस निर्माण कम्पनीले ५० जना कामदारहरुलाई रोजगारी दिनु सकारात्मक पक्ष भएको बताउदै बागलुङमा गुणस्तरीय काम गर्न सुझाव दिनु भयो । आगमी दिनमा मजदुरको सुरक्षामा नगरपालिकाले विभिन्न खालका कार्यक्रम ल्याउने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी निवर्तमान सहसचिव सुवास आचार्य पत्रकार राम प्रसाद घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लालीगुराँस निर्माण कम्पनी प्रालिका प्रमुख सुरेन्द्र लामाको अध्यक्षता र कमल रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । आफू मजदुरबाट निर्माण व्यवसायी भएको कारणले पनि मजदुरको समस्या बारे आफू जानकार भएको हुदा मजदुरको बिमा देखि मजदुरको सुरक्षाको लागि हेलमेट, बुट लगायतका सामाग्री दिन सुरु गरेको लालीगुराँस निर्माण सेवाका प्रमुख लामाले बताउनु भयो ।

दैनिक ज्यालादारी गर्ने मजदुरहरुको कामको ग्यारेन्टी नहुने जोखिमपुर्ण काम गर्दा दुर्घटना बिमा समेत नभइरहेको समयमा अहिले ५० जना मजदुरको दुर्घटना बिमा र काम गर्ने मजदुरलाई सुरक्षीत रूपमा काम गर्दा सामाग्री वितरण गरेको बताउनु भयो ।
बागलुङ नगरपालिकामा दर्जनौं निर्माण कम्पनीहरूले सयौं मजदुरलाई काम गर्ने गराउने गरेका छन् तर जोखिम पुर्ण काम गर्ने मजदुरको नत सुुक्षितिज छन् नत बिमा नै गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्