१२ बैशाख २०८१, बुधबार

 

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।देउवाले ६४ मत पाए भने थापाले २५ मत पाएका छन् ।

संसदीय दलको निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।त्यस मध्ये सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् ।

सांसद राईको निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर मत संकलन गरेका थिए ।महामन्त्री गगनकुमारथापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतको नेताहरुको बलियो साथ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्