जापान । बागलुङ समाज जापानको चौथो अधिवेशनले यामकान्त कँडेलको अध्यक्षतामा सर्वसम्मत चयन भएका छन् । कँडेलको नेतृत्वमा समाजले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि निर्वाचित उपाध्यक्षमा गुरुप्रसाद सापकोटा, राजु केसी, शोभा केसी गीता, विष्णुप्रसाद सापकोटा र प्रकाश केसी, महासचिवमा सचिन आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिपक सुवेदीले जानकारी गराउनु भयो ।
संयोजक सुवेदीका अनुसार निर्वाचित हुने अन्यहरूमा सचिवमा भूपेन्द्र सापकोटा र बसन्त आचार्य, कोषाध्यक्षमा केशव सुवेदी, सह कोषाध्यक्षमा विना खड्का र युवा तथा खेलकुद संयोजकमा बसन्त थापा निर्वाचित भएका छन ।
जापानमा रहेका बागलुङेसहित नेपाली समुदायलाई आवश्यक सहयोग र समग्र बागलुङको विकासमा होस्टेमा हैसे गर्ने उद्देश्यका साथ स्थापना गरिएको समाजको सम्पन्न अधिवेशनबाट कार्यसमितिको सदस्यहरूमा खगराज आचार्य, महेन्द्र ढकाल, विनम्र खत्री, अनिलकुमार निर्दोष, टीएन घिमिरे, दिपक कँडेल सफल, प्रकाश आचार्य, पवन केसी र कृष्णप्रसाद कँडेल निर्वाचित भएका हुन ।













































































































































































































