२१ बैशाख २०८१, शुक्रबार

 

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत छलफलमा जुटेका हुन्।कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् ।

राष्ट्रपति चुनाव नजिकिर्दै गर्दा काग्रेसले पाँचदलीय गठबन्धन ब्युँताउने कोसिस गरिरहेका छन्।छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि बोलाइएको छ।बैठक राष्ट्रपति पदको निर्वाचनको विषयमा केन्द्रित रहेको छ ।

२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताइ रहेको छ । सहमतिका लागि प्रधानमन्त्री प्रचण्डले शुक्रबार कांग्रेससहित दलहरूसँग र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्