२१ बैशाख २०८१, शुक्रबार

 

सत्ता गठवन्धनबाट बढी लाभ लिएका प्रचण्डबाट धोका भयो : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डबाट धोका भएको बताउनु भएको छ । आज बालुवाटारमा बसेको आठ दलको बैठकले लिएको निर्णयले देशमा नयाँ अस्थिरताको विजारोपण गरेको र एमाले माओवादी केन्द्रसहितको सत्ता गठवन्धनको भविष्यसमेत अनिश्चित बनेको ज्ञवालीले नेपाल प्रेसलाई बताउनु भएको छ ।

सात दलीय गठवन्धनबाट सबैभन्दा बढी लाभ लिएका प्रधानमन्त्री प्रचण्डले नै गठवन्धनका सहयात्री दलहरुलाई धोका दिएको उहाँले भन्नु भयो ।प्रचण्डले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाउनु भएकोले हाम्रो पार्टीले यस विषयलाई नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको बताउनु भयो ।विकसित घटनाक्रमबारे एमालेले भोलि सचिवालय बैठक बसेर आफ्नो धारणा बाहिर ल्याउने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्