२१ बैशाख २०८१, शुक्रबार

 

राप्रपा सरकारबाट बाहिरियो, मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको राप्रपाका सहमहामन्त्री धन बहादुर बुढाले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

एमाले नेकपा, माओवादी केन्द, राप्रपासहितको सात दलिय गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले जुन नयाँ समिकरण बनाउनु भएको छ यो देशको हितमा नभएको भनि पार्टी सरकारबाट बाहिरिएको सहमहामन्त्री बुढाले जनाएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा अध्यक्ष राजेन्द्र लिंदेनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष लिंदेन उपप्रधान तथा ऊर्जा मन्त्री थिए ।आज बसेको बैठकले राप्रपाले केन्द्रीय सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय छ । पार्टीले आजै संघ र प्रदेशका मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ ।पार्टीको निर्णयअनुसार संघ र प्रदेशका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्