२१ बैशाख २०८१, शुक्रबार

 

माओवादी केन्द्र बाग्लुङले २ महिने संगठन विस्तार अभियान चलाउने

बागलुङ  । नेकपा माओवादी केन्द्र बाग्लुङ जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । शुक्रबार बागलुङ बजारमा भएको बैठकमा नेकपा माओवादी केन्दमा केन्द्रीय सचिव देवेन्द्र पौडेल केन्द्रीय सदस्य तथा जिल्ला इन्र्चाज बलावती शर्मा, कृष्ण केसी, चन्द्र बहादुर बुढा, गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे र नेकपा माओवादी केन्द्र बाग्लुङ जिल्ला समन्वय समितिका संयोजक राजिव घिमिरेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बैठकको अध्यक्षता नेकपा माओवादी केन्द्र बाग्लुङ जिल्ला समन्वय समितिका संयोजक राजिव घिमिरेले गर्नु भएको थियो ।बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्दैै निर्वाचनको बेला गठबन्धन दलहरुबिच विश्वासको वातावरणमा कमी र पार्टी संगठन चलायन नभएकोलाई मानिएको छ । पार्टीको जनाधार भएको ठाउँमा समेत गठबन्धनका कारण उम्मेदवारी दिन नपाएको बैठकले निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालय र गण्डकी प्रदेश समन्वय समिति र गण्डकी प्रदे्श समितिको निर्देशन अनुसार फागुण १४ गतेदेखि दुई महिना पार्टी संगठन निर्माण अभियान (जनतासँग पार्टी अभियान २०७९) चलाउने बैठकले निर्णय गरेको छ । जिल्लाका नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ता कहाँ गएर आउने अनि जिल्ला,प्रदेश र केन्द्रीय समिति प्रतिवेदन पेस गर्ने निर्णय गरेको प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे नयाँ विश्वलाई जानकारी दिनु भयो।

केन्द्रीय समितिले संगठन विस्तार अभियानको लागि टिप्पणी सुझाव र संगठनको लागि नेता, कार्यकर्ता जनतासँग भेट गरौैं, विचार नेतृत्वको आधारमा संगठित तागत निर्माण र समृद्धिमा जोड गरौं भन्ने नारा तय गरेको छ ।

शान्ति प्रक्रियामा आएसँगै पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० सिट जितेको माओवादीले समानुपातिकतर्फ पनि ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । तर त्यो मत दोस्रो संविधानसभा निर्वाचन २०७० मा आउदा माओवादीले १४ लाख ३९ हजार ७२६ अर्थात १५.२१ प्रतिशत मत मात्र पायो ।

२०७४ को स्थानीय निर्वाचनमा माओवादीले १७.६ प्रतिशत (वडाध्यक्षका उम्मेदवारले पाएको आधारमा) मत पायो भने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ १३.६६ प्रतिशत अर्थात १३ लाख ३ हजार ७२१ कूल सदर मत पाएको थियो ।गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको मत १३ प्रतिशतमा झर्‍यो ।

अहिले नेपाली कांग्रेसलगायतका दलसँग गठबन्धन गर्दा पनि माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा १७ सिट जितेको छ भने समानुपातिकतर्फ उसको मत पहिलेभन्दा घटेर ११.१७ प्रतिशतमा झरेको छ । जनचाहना अनुसार पार्टी नेतृत्वले काम गर्न नसक्दा र निरन्तर सत्तामा बसेर पनि जनअपेक्षा पुरा गर्न नसक्दा माओवादीको संगठन र जनाधार निरन्तर खुम्चिँदै गएको छ । अब माओवादी केन्द्रले नेतृत्व र संगठनलाई सुद्धिकरण गरी जनताको बिचमा जानुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्