५ जेष्ठ २०८१, शनिबार

 

शिक्षक हाजिरी प्रतियोगितामा लहरेपिपल मावि प्रथम, विद्यामन्दिर मावि द्वितीय

बागलुङ । शिक्षक हाजिरी प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार विद्यामन्दिर माध्यमिक विद्यालयको सभा हलमा आयोजित प्रतियोगितामा लहरेपिपल मावि प्रथम, विद्यामन्दिर मावि द्वितीय र काठेखोला गाउँपालिकाको भिमपोखरा मावि, भिमसेन मावि र लक्ष्मी माविको संयुक्त टिम तृतीय भएका छन् ।

कार्यक्रम शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा एवं शिक्षा विकास तथा समन्वय इकाई बागलुङको संयुक्त आयोजनामा भएको थियो । विजयी शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले पुरस्कृत गर्नु भएको थियो ।

शिक्षकहरुको सृजनशिल विकासमा सहयोग पुगोस भनि हाजिरी प्रतियोगिताको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताउनु भयो । शिक्षकको हातमा विद्यार्थीहरुको भविष्य हुने भएकोले यस प्रकारको अरिरिक्त क्रियाकलापले शिक्षकहरुको मनोबल उच्च हुने र उनीहरुले आफनो कार्य क्षेत्रमा थप मेहनत गर्ने र्विद्यामन्दिर माविका प्रधानाध्यापक शान्ता मणि ढकालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्