२६ बैशाख २०८१, बुधबार

 

शिव शिखर सहकारीका संचालक शर्मा र मल्ल पक्राउ, श्रीमान्–श्रीमती मिलेर सहकारीको १० अर्ब हिनामिना

काठमाडौं  । शिव शिखर सहकारीको कुल १४ अर्ब निक्षेप हिनामिना भएकोमा पूर्वअध्यक्ष केदारनाथ शर्मा र श्रीमती गीताले मात्र करिब १० अर्ब दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका ३५ वटा जिल्लाको विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा सर्वसाधारणको करिब १४ अर्ब निक्षेप हिनामिना भएको छ ।

त्यसमध्ये करिब १० अर्ब संस्थाका पूर्वअध्यक्ष शर्मा र उनकी श्रीमती गीताले मात्र हिनामिना गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रारम्भिक अनुसन्धानले देखाएको छ ।उनीहरूले आफ्ना नाममा करिब एक दर्जन कम्पनी खोलेर सहकारीको पैसा त्यसमा लगानी गरेका थिए ।

त्यो पैसा फर्काउन नसकेपछि सहकारी समस्यामा परेको हो । बचतकर्ताले रकम हिनामिना गरेको उजुरी दिएपछि प्रहरीले शिव शिखर बहुउद्देश्यीय सहकारीमाथि अनुसन्धान थालेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली ९सीआइबी० ले फाइल खोल्दा अर्बौं रकम घोटाला भएको देखिएको छ। फाइल अगाडि बढेपछि सहकारीका सञ्चालक फरार भएका छन्।

सीआइबीको टोलीले अहिले सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका सहकारीका संचालक पुष्कर मल्ल रहेका छन्।

गीता शर्मा सहकारी पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन्। केदार भने फरार रहेका छन्। त्यस्तै सहकारीका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० लिलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा रहेका छन्।

भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीमा ९ जना सञ्चालक सदस्य रहेकोमा बाँकी फरार छन्। उनीहरू सबैमाथि ठगी प्रकरणमा जोडिएका कारण खोजी भइरहेको छ।

सरकारी निकायको कमजोर नियमनको फाइदा उठाउँदै शर्मादम्पतीले सर्वसाधारणको पैसा आफूअनुकूल खर्च गरेका हुन् । उनीहरूले संस्थाबाट कर्जा लिएर विभिन्न क्षेत्रमा लगानी गरेकोमा संस्थालाई ब्याजसमेत तिरेका छैनन् । अनुसन्धानमा आबद्ध सिआइबीका अधिकारी भन्छन्, ‘जसरी इच्छाराज तामाङले सिभिल सहकारी डुबाएका थिए, त्यसैगरी शर्मादम्पतीले शिवशिखर सहकारी डुबाएको देखिन्छ ।’

यो हिनामिनामा संस्थाका धेरै सञ्चालक तथा कर्मचारीको मिलेमतो देखिएको छ । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा ३५ वटा शाखा कार्यालय तथा सेवा केन्द्र रहेको सो सहकारी लामो समयदेखि संकटमा छ । संस्थाले हजारौँ निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सकेको छैन ।

१६ प्रतिशत ब्याज दिने भन्दै विज्ञापन गरेर उनीहरूले देशभरिबाट ठूलो निक्षेप उठाएका थिए । उपत्यकाका तीनै जिल्लाका साथै विराटनगर, पोखरा, हेटौँडा, भरतपुर, बुटवल, बागलुङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा संस्थाको सेवा केन्द्र छ । ती ठाउँका पीडितहरूले निक्षेप फिर्ताका लागि संघर्ष गर्दै आएका छन् ।

सहकारी विभागले पनि यस विषयमा पटक–पटक छलफल गराउँदै आएको छ । गत १२ वैशाखमा गीतालाई समेत उपस्थित गराई छलफल गरेको थियो । जसमा उनले आफ्ना सबै सम्पत्ति बेचेर संस्थाको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

साथै, १० दिनभित्र श्रीमानलाई उपस्थित गराउने बताएकी थिइन् । शर्मादम्पतीलगायत सहकारीका सबै सञ्चालकको सम्पत्ति रोक्का गर्न सहकारी विभागले नै यसअघि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । विभागकै पत्राचारअनुसार सिआइबीले ठगी मुद्दामा अनुसन्धान अघि बढाएको हो ।

उपत्यकाका पीडितहरूलाई ब्युरोमा तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा सम्पर्क गर्न सिआइबीले आग्रह गरेको छ । पीडितसँग उजुरी लिएर ठगी मुद्दामा कारबाही अघि बढाउन सो सहकारीको शाखा कार्यालय रहेका जिल्लाका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।

दिनेश आचार्य, एसएसपी, सिआइबी

हिनामिनामा संलग्न बाँके कोहलपुर घर भई भक्तपुर बस्ने गीता शर्मा तथा बझाङ घर भई काठमाडौैं बस्ने पुष्कर मल्ललाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

उनीहरूविरुद्ध हालसम्म संस्थाको तीन करोड १० लाख सात हजार रुपैयाँ हिनामिना गरेको उजुरी परेको र उजुरी आउने क्रम चलिरहेको छ । संस्थामा बचतकर्ताको करिब १४ अर्ब रकम हिनामिना भएको भन्ने छ । भर्खरै उजुरी लिएर हामीले अनुसन्धान थालेका छौँ ।

सीआइबीको टोलीले अहिले सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ल रहेका छन्।

गीता शर्मा सहकारी पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन्। केदार भने फरार रहेका छन्। त्यस्तै सहकारीका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० लिलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा रहेका छन्।

भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीमा ९ जना सञ्चालक सदस्य रहेकोमा बाँकी फरार छन्। उनीहरू सबैमाथि ठगी प्रकरणमा जोडिएका कारण खोजी भइरहेको छ।

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्