बागलुङ । जैमिनीमा सोमबार भएको घटनाका संकास्पद तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकोे हाँडीकोटमा पदमार्ग निर्माणमा खटिएका श्रीमान मजदुरको हत्या गरेको आशंकामा श्रीमती सहित तीन जना पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।
हाँडीकोटमा रहेको भ्यूटावर पुग्ने पदमार्ग बनाउन खटिएका लमजुङ स्थित क्होलासोथार गाउँपालिका–९ स्थित ६२ वर्षीय देउ कुमार सार्की सोमबार मृत अवस्थामा फेला परेका थिए ।
मृतकको शरिरमा चोट लागेको र घटना संकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाई घटनास्थलमा पुगेर थप अनुसन्धान गर्दा श्रीमती र अन्य काममा खटिएका दुई मजदुरको सम्लग्नतामा हत्या भएको हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ
।अनुसन्धानका लागि प्रहरी प्रमुख प्रसाईनै घटनास्थलमा पुग्दासँगै काम गर्न आएका मजदुर साथीहरूसँग श्रीमती मिलेर ढुङ्गाले हानेर हत्या गरेको आरोपमा श्रीमती सहित तीन जना पक्राउ परेको आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रसाईले जानकारी दिनुभयो ।
हत्यामा सम्लग्न भएको आरोपमा कास्कीको पोखरा महानगरपालिका–२६ जलधारे स्थित राम आकाश विक, कास्कीको मादी गाउँपालिका– ३ स्थित याङ्जाकोटका आस्पुरे कामी, र सार्कीको श्रीमती तनहुको म्याग्दे गाउँपालिका –७ स्थित लक्ष्मी नेपाली पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिनुभयो ।













































































































































































































