२ श्रावण २०८३, शनिबार

 

बहुविवाह मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

काठमाडौँ । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् ।शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो ।

बहुविवाह मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागी शेर्पालाई पक्राउ गरिएको हो ।

अदालतले उहाँविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । शर्माको जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले पनि २०८१ असोज ६ गते सदर गरेको थियो।

शेर्पा एमालेनिकट आदिवासी जनजाति महासंघका अध्यक्षसमेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung