२ श्रावण २०८३, शनिबार

 

जेनजी आन्दोलनमा लुटपाट र चोरी गर्नेमाथि प्रहरी अपरेशन सुरु, तीन जना पक्राउ

बागलृुङ । जेनजी आन्दोलनको मौका छोपेर लुटपाट र चोरीमा संलग्नमाथि प्रहरीले अपरेशन सुरू गरेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा लुटपाट तथा चोरीमा संलग्न खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–३० का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरको हेटौंडाा उपमहानगरपालिका–५ का १८ वर्षीय अगम प्रजालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड र आगाजी गरेर नगद र सुनचाँदी चोरी गरेका हुन् । उनीहरूबाट चोरिएका कपडा, मूर्तिहरू, पैसा, सुनचाँदीलगायतका दर्जनौं सामान बरामद गरिएको छ ।

उनीहरुले शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा प्रहरीले डेरा खानतलासी गर्दा लुटेको सामान बरामद गरिएको हो ।उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung