६ जेष्ठ २०८१, आईतवार

 

सिवाईसी नेपालले संचालन गरेको जागौ, जगाऔ र जोगाऔ अभियान बलेवामा

बागलुङ । चारतारे युवा क्लब सिवाईसी नेपालले जागौ, जगाऔ र जोगाऔ अभियान बागलुङको बलेवामा सम्पन्न भएको छ । यस अभियान अन्तर्गत सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा सम्पन्न कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी बलेवा सदस्य सेवा केन्द्रका संचालक तथा शेयर सदस्य, महिला स्वास्थ्य स्वंयम सेविका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा सिवाईसी नेपाल तथा सिवाइसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी शिक्षा तथा वित्तीय साक्षरताको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

बचतको महत्व, पैसाको सही प्रयोग, ऋणको सही व्यवस्थापन, जोखिम न्युनिकरण, सकरात्मक सोच लगाएतको बारेमा प्रशिक्षण दिनु भएको थियो । पौडेलले सिवाइसी सहकारीको बारेमा जानकारी गराउदै सहकारीमा ढुक्क भएर कारोवार गर्न आग्रह गर्नु भयो । देशमा आर्थिक मन्दी छाएको, जनता सक्रिय नभएकोले सक्रिय बनाउन, उत्पादन, उत्पादकत्व वढाउन तथा सहकारी तथा वित्तिय क्षेत्रमा देखिएको सस्या समाधान गर्न, सहकारीका सदस्यलाई उत्तरदायी बनाउन, सस्था र सदस्य प्रतिको दुरी टाढा रहेकोले दुरी कम गर्न एवं सदस्यले सस्था मेरो हो भन्ने भावनाको विकास गर्न जागौ, जगाऔ र जोगाऔ अभियान संचालन गरेको पा्रेडेलले बताउनु भयो ।

महिला स्वस्थ्य स्वंयमसेविका मिना कुमारी शर्माले उद्घाटन गर्नु भएको कार्यक्रम सिवाइसी बचत तथा ऋण सहकारी बलेवा सदस्य सेवा केन्द्रका संयोजक चुडामणी शर्माको अध्यक्षता केन्द्रीय संचालक समितिका सहसचिव सुवास आचार्यको स्वागत र चारतारे युवा क्लव नेपालका सचिव विरबहादुर किसानको संचालन र विद्यार्थी कृर्पा शर्माको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

सिवाईसी नेपालले संचालन गरेको जागौ, जगाऔ र जोगाऔ अभियान सय अघि बडिगाड गाँउपालिकाको खार, खर्बाङ, गल्कोट नगरपालिकाको काँडेवासमा महिला शसक्तिकरणमा महिला शसक्तिकरण तथा सक्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्