२ जेष्ठ २०८१, बुधबार

 

इमेज सहकारीको इसकोरपिओ गाडी प्रहरीे नियन्त्रणमा

बागलुङ । इमेज बचत तथा ऋण सहकारीको इसकोरपिओ गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रहरीले बा १४ च ९१०६ नंम्बरको इसकोरपिओ गाडीलाई  बुर्तिबाङ बजारका निर्माण व्यवसायी दिपक अदैको ग्यारेजबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्स्पेक्टर राजेश शर्माले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

मेरोे ग्यारेजमा केशव थापाले इमेज सहकारीको गाडी राखेको रहेछ । मलाई यो विषयमा केही थाहा छैन् । आज प्रहरीले लगेको भन्ने थाहा पाए व्यवसायी अदैले बताउनु भयो ।

यो इसकोरपिओ गाडीलाई सहकारीका अध्यक्ष देवकुमार नेपालीले प्रयोग गर्ने गथ्र्ये । इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीले सहकारीको अरबौं रकम हिनामिना गरि सपरिवार जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए भने अरु सञ्चालकहरु पनि सम्पर्कविहिन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्