२० बैशाख २०८१, बिहीबार

 

राप्रपाको उपाध्यक्षमा दिल विकाश राजभण्डारी मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय उपाध्यक्षमा दिल विकास राजभण्डारी मनोनित भएका छन । आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान बमोजिम राजभण्डारीलाई केन्द्रीय उपाध्यक्षमा मनोनित गर्नु भएको हो ।

अध्यक्ष लिङदेनले राजभण्डारीलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै पार्टीको सिद्धान्त र नीति प्रति प्रतिबद्ध भएर राप्रपालाई बलियो शक्तिको रुपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नु भयो।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराइमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा उपाध्यक्ष राजभण्डारीले विगतमा पनि पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिनु भएको र भविष्यमा पनि उहाँबाट राप्रपाको गरिमा र छविलाई उचो राख्न विशिष्ट भूमिका निर्वाह गर्नु हुनेछ अध्यक्ष लिङदेनले बताउनु भयो ।

मलाई पार्टीले दिएको जिम्मेवारीलाई देश र जनताले अहिले भोगी रहेको गम्भीर समस्याको बेला उपयुक्त निकास दिन नेतृत्व गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएको केन्द्रीय उपाध्यक्ष दिल विकाश राजभण्डारीले बताउनु भयो ।

समाजसेवी दिल विकास राजभण्डारी लामो समयदेखि प्रजातन्त्र, हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र निहित भएको राजनीति र समाजसेवामा क्रियासिल हुनु हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्