४ जेष्ठ २०८१, शुक्रबार

 

गण्डकीमा माओवादीले गर्‍यो जिल्ला इञ्चार्जहरु हेरफेर, कसलाई कहाँको जिम्मेवारी (सूचीसहित)

कास्की । माओवादी केन्द्र गण्डकी प्रदेशले केन्द्रीय सदस्य, प्रदेश सदस्यहरूको जिम्मेवारी तोकेको छ । माओवादी केन्द्रले घोषणा गरेको विशेष अभियानलाई सफल बनाउन र पार्टी संगठनलाई आम कार्यकर्ता र जनतासँग जोड्न जिम्मेवारी हेरफेर गरेको प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले नयाँ विश्वलाई बताउनु भयो ।

बैठकले जिल्ला, पालिका, विभाग र जनवर्गीय संगठनको जिम्मेवारी बसेका नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।जसअनुसार यशोदा गुरुङ सुवेदीलाई नवलपुर, गोरखा, तनहुँ, लमजुङ र मनाङको जिम्मेवारी तोकिएको छ भने हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जाको जिम्मेवारी दिइएको छ ।

यसैगरी, जातीय मुक्ति मोर्चामा सुरेश आलेमगर, विभागमा बालकृष्ण गैरे, जनवर्गीय मुक्ति मोर्चामा प्रदेश अध्यक्ष गायत्री गुरुङ, विभागहरूमा बालकृष्ण गैरे र कार्यालयमा अतीन्द्र केशरी न्यौपाने रहेका छन् ।

त्यसै गरी बागलुङ इन्चार्ज गोविन्द्र पौडेल, पर्वत बलावती शर्मा, मुस्ताङ इन्चार्ज कपिल लामा, म्याग्दी गुप्तबहादुर ठकुरी, कास्की नेत्र अधिकारी, स्याङ्जा राजकाजी गुरुङ, नवलपुर अमर तमु, तनहुँ शैलेश घिमिरे, गोरखा दीपक कोइराला, लमजुङ आशा कोइराला र मनाङमा बुद्धिराम गुरुङ इन्चार्ज रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्