४ जेष्ठ २०८१, शुक्रबार

 

सुन तस्करीको छानबिन गर्न राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति भएको छ।

बैठकमा हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन, भेपमा राखेर तस्करी गरिएको ९ किलो सुनलगायत तस्करीबाट सुन नेपाल भित्रिएकोबारे अध्ययन गर्न सुन तस्करीका सबै घटनाको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति भएको छ ।

उक्त सहमतिमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी प्रमुख सचेतक प्रदिप यादव र जनमत पार्टीका प्रमुख सचेतक अब्दुल खानले सहमति पत्रमा बुधबार हस्ताक्षर गरेका छन्।

यो सहमतिपछि संसदमा जारी गतिरोध हट्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्